विवादपछि ट्रम्पद्वारा जेलेन्स्कीसँग तत्काल प्रत्यक्ष वार्ता गर्न अस्वीकार

अमेरिका, १८ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार ह्वाइट हाउसमा भएको तनावपूर्ण झडपपछि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग तत्काल प्रत्यक्ष वार्ता गर्ने सम्भावनालाई अस्वीकार गरेका छन् ।
उनले युक्रेनले तत्काल युद्धविराम गर्नुपर्ने बताए । तर जेलेन्स्कीले युद्धविरामबारे वार्ता गर्न नै नचाहेको उनको भनाइ छ । युक्रेन युद्धविराम चाहन्छ भने तत्काल युद्धविराम हुनसक्ने बताए ।
दुईपक्षीय वार्तामा भएको विवादबारे ट्रम्पसँग आफू माफी नमाग्ने जेलेन्स्कीले बताइसक्नुभएको छ । यस प्रकारको झगडा दुवै पक्षका लागि राम्रो नभएको उहाँको भनाइ छ । सिन्ह्वारन्यूज एजेन्सी नेपाल
क्याटेगोरी : अन्तर्राष्ट्रिय
प्रतिक्रिया