भारतीय अभिनेता गोविंदा र उनकी पत्नी सुनिता आहुजाबीच डिभोर्सको चर्चा

मुम्बई । बलिउडका कमेडी र एक्सप्रेसन किङ्ग गोविन्दा र उनकी पत्नि सुनिता आहुजाको डिभोर्सको चर्चाले सामाजिक सञ्जाल तताएको छ । गोविन्दाकी पत्नी सुनिता आहुजाले गोविन्दालाई डिभोर्स नोटिस पठाएको बताइएको छ । यस चर्चाले भारत र नेपाली दर्शकहरुमाझ गहिरो चिन्ता जाहेर भएको छ ।
तर, डिभोर्सको चर्चा चलै पनि कुनै आधिकारिक पुष्टि भने भएको छैन। सुनिता आहुजाको प्रबन्धक सादिया सोल्करले यी अफवाहहरूलाई खारेज गर्दै यो सत्य नभएको बताएकी छन् ।
उनीहरूको सम्बन्धलाई परिवारका सदस्यहरूले पनि मजबुत र स्वस्थ भएको बताएका छन्। यसले पनि पष्ट पार्न सघाउँछ कि डिभोर्सको हल्ला केवल झूटो हो ।
गोविन्दा र सुनिता आहुजा १९८७ देखि विवाह बन्धनमा बाँधिएका हुन । गोविंदा र सुनिता आहुजाका दुई सन्तान छन्। हालैका केही अन्तरवार्तामा, सुनिताले गोविन्दा र आफू फरक फरक घरमा बस्ने गरेको बताएकी थिइनन् जसले डिभोर्सको अफवाहलाई जन्म दिएको हुनसक्ने बताइएको छ। तर, यी सबै अफवाहहरूलाई परिवारका सदस्यहरूले आधारहीन र असत्य ठहराएको भारतीय संचार माध्यमले जनाएका छन् ।
कसरी भएको थियो विवाह ?
गोविन्दा र सुनिताको ले प्रेम विवाह गरेका थिए । गोविन्द र सुनिता पहिलो पटक एक पार्टीमा भेटिएका थिए। त्यतिबेला सुनिताले गोविन्दलाई केवल एक अभिनेता रूपमा चिन्थिन् । गोविन्दले सुनितालाई भेट्न साथ आकर्षक भएको थियो । उनीहरूले आपसमा मित्रवत् सम्बन्धको शुरुआत गरे र एक अर्कालाई राम्रोसँग चिन्न केही समय बिताए।
गोविन्दको परिवारले सुनिता आहुजा विवाहको लागि स्वीकार गर्यो, र गोविन्द र सुनिता बिचको सम्बन्ध पनि बढ्दै गयो। र यो प्रेम सम्बन्ध विवाहमा परिणत भएको थियो ।
उनीहरू विवाह पछि एक अर्कालाई कसम खाएर जीवनभर साथ रहने प्रतिज्ञा गरे। गोविन्द र सुनिताको विवाह विशेष रूपमा गोविन्दका परिवारका सदस्यहरूले स्वीकृत गरेका थिए । कतिपयले गोविन्दालाई सुनितासँगको उनको विवाह परिवारको आवश्यकता धान्न गरेको आरोप लगाउने गरेका छन् ।
क्याटेगोरी : मनोरञ्जन, समाचार, साहित्य
प्रतिक्रिया