सप्तरीमा बाघको आक्रमणबाट दुई जना घाइते

भारदह (सप्तरी), १९ फागुन । सप्तरीको सप्तकोसी नगरपालिका १ मा सोमबार बिहानै आएको पाटे बाघले दुई जनालाई घाइते बनाएको छ । स्थानीय गणेश खत्री र कृष्ण विष्टलाई घाइते बनाएको स्थानीय खगेन्द्र कार्कीले जानकारी दिए ।
घाइते भएका विष्टलाई उपचारको लागि विराटनगर लगिएको छ भने खत्रीको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ । बिहान साढे ६ बजे फत्तेपुर बजारको रङ्गशालाको गेट छेउमा भएको एक घरको कम्पाउण्मा अचानक बाघ देखिएपछि सप्तकोसीका सर्वसाधारण एकदमै त्रसित बनेका थिए ।
सप्तकोसीमा आतङ्क मच्चाएको स्थानीय रमानन्द चौधरीले जानकारी दिए । यस सम्बन्धमा सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहालले बाघको नियन्त्रण गर्न कोसी टापु वन्यजन्तु आरक्षणको आरक्षण केन्द्रको टोली आउने जानकारी दिएका छन् ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
प्रतिक्रिया