Techie IT
Samayabaddha
आईतबार, ७ वैशाख, २०८२

सुनको मूल्य तोलामा चौध सय रुपैयाँले बढ्यो


काठमाडौँ, २० फागुन । सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला रू एक हजार चार सय र चाँदी प्रतितोला रू. २५ बढेको हो ।

सोमबार प्रतितोला रू. एक लाख ६८ हजार एक सयमा कारोबार भएको सुन आज बढेर प्रतितोला रू. एक लाख ६९ हजार पाँच सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यसैगरी आज चाँदी प्रतितोला रू एक हजार नौ सय ४० मा किनबेच हुने महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार आठ सय ९२ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ । रासस


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट