Techie IT
Samayabaddha
बिहीबार, २२ फागुन, २०८१

विद्युतीय गाडीको खरिदमा ६० प्रतिशतसम्म मात्रै ऋण पाउने व्यवस्था कार्यान्वयनमा


काठमाडौं । विद्युतीय गाडीको खरिदमा बैंक तथा वित्तीय संस्थाले मूल्यको ६० प्रतिशतसम्म मात्र ऋण दिन पाउने व्यवस्था कार्यान्वयनमा आएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामार्फत गरेको व्यवस्था कार्यान्वयनका लागि निर्देशन जारी गरेपछि नीति लागू भएको हो ।

यसअघि बैंक तथा वित्तीय संस्थाले व्यक्तिगत विद्युतीय गाडीमा ८० प्रतिशतसम्म र सार्वजनिक विद्युतीय गाडीमा शतप्रतिशतसम्म ऋण दिँदै आएका थिए ।

यस्तै पेट्रोल तथा डिजेलबाट चल्ने व्यक्तिगत गाडी खरिदमा ५० प्रतिशतसम्म ऋण दिन सक्ने व्यवस्था रहेकोमा त्यसलाई बढाएर ६० प्रतिशत बनाइएको नयाँ व्यवस्था पनि लागू भएको छ । पेट्रोल तथा डिजेलबाट चल्ने सार्वजनिक गाडीमा भने बैंक तथा वित्तीय संस्थाले शतप्रतिशतसम्म ऋण दिन पाउने व्यवस्था यथावत् छ ।

व्यवसायीहरूका अनुसार अहिले गाडीको कुल बजारमध्ये झन्डै ७० प्रतिशत विद्युतीय र बाँकी ३० प्रतिशत मात्र अरू गाडीको हिस्सा छ । यस्तो बेला विद्युतीय गाडीलाई निरुत्साहित गर्दा समग्र अर्थतन्त्रमै नकारात्मक असर पर्ने भन्दै व्यवसायीहरूले चिन्ता व्यक्त गरेका छन् ।

 


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट