Techie IT
Samayabaddha
बिहीबार, २२ फागुन, २०८१

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई खुफिया जानकारी दिन रोक लगाए


काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई अपराध र युद्धबारे आएका गुप्त जानकारी अर्थात खुफिया जानकारी दिन रोक लगाएका छन् ।

अमेरिकाले सैन्य सहायतामा रोक पछि युक्रेनलाई खुफिया जानकारी दिनसमेत रोक लगाएको ट्रम्प प्रशासनका अधिकारीहरुले पुष्टि गरेका हुन् ।

सहायताहरु कटौती गर्दै युक्रेन सम्बन्धबारे समीक्षा गरिरहेको राष्ट्रिय सल्लाहकार माइक वाल्ट्जलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

खुफिया जानकारी रोक्ने निर्णयले रुससँगको युद्धमा युक्रेनलाई गम्भीर असर पर्ने सम्भावना रहेको भन्दै सुरक्षा मामिलाका जानकारहरुले चिन्ता व्यक्त गरेका छन् ।

गएको शुक्रवार अमेरिकी राष्ट्रपति ट्रम्प र युक्रेनी समकक्षी भ्लोदिमिर जेलेन्स्कीबीच भएको चर्काचर्कीपछि ट्रम्प प्रशासनले युक्रेनलाई दिँदै आएको सहायता धमाधम कटौती गर्न थालेको छ ।

वाल्ट्जका अनुसार युक्रेनी राष्ट्रपति जेलेन्स्कीले पछिल्लो समय देखाएको नरम व्यवहार कायम रहने हो र शान्ति वार्ताका लागि अघि बढ्ने हो भने ट्रम्पले लगायका सबै रोक हटाउनका लागि तयार हुने खबरमा उल्लेख छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट