स्वास्थ्य सचिवमा विकास देवकोटा र प्रशासनतर्फ मदन भुजेल नियुक्त

काठमाडौं । सरकारले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य सचिवमा डा. विकास देवकोटालाई नियुक्त गरेको छ ।
हिजो बसेको मन्त्रिपरिषद् बैठकले तेस्रो नम्बरमा सचिव बढुवाका लागि सिफारिश भएका देवकोटालाई मन्त्रालयको सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।
लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा रहेको बढुवा सिफारिश समितिले पहिलो नम्बरमा अतिरिक्त सचिव डा.संगिता कौशल मिश्र, दोस्रो नम्बरमा डा.टंक बाराकोटी र तेस्रो नम्बरमा देवकोटालाई सचिव बढुवाका लागि सिफारिश गरेको थियो ।
यस्तै प्रशासन सेवातर्फको सचिवमा मधेश प्रदेश सरकारका कायममुकायम प्रमुख सचिव मदन भुजेललाई बढुवा गर्ने निर्णय भएको छ ।
बढुवा सिफारिश समितिको बैठकले भुजेललाई दोस्रो नम्बरमा सचिवमा बढुवाका लागि सिफारिश गरेको थियो ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया