Techie IT
Samayabaddha
बिहीबार, २२ फागुन, २०८१

चौथोपटक हृदयघात भएका पूर्वयुवराज पारस शाह अस्पतालबाट डिस्चार्ज


काठमाडौं, २२ फागुन । पूर्वयुवराज पारस शाह अस्पतालबाट डिस्चार्ज भएका छन् । हृदयघात भएपछि आइतबार साँझ अस्पताल भर्ना भएका उनलाई बिहीबार बिहान डिस्चार्ज गरिएको नर्भिक अस्पतालले जनाएको छ ।

आइतबार दिउँसो साढे ४ बजे अस्पताल पुर्याइएका उनको मुटुको एन्जियोग्राम गर्दा मुटुको धमनी बन्द भएको पाइएको थियो । त्यसलगत्तै साहको कोरोनरी एन्जियोप्लाष्टी गरी स्टेन्ट प्रत्यारोपण गरिएको थियो ।

हाललाई स्वास्थ्य अवस्था सामान्य रहेको र एक सातापछि उनलाई ‘फलोअप’मा बोलाइएको शाहको उपचारमा संलग्न एक चिकित्सकले जानकारी दिए । शाहलाई योसहित चौथोपटक हृदयघात भएको हो ।

यसअघि उनलाई यसअघि सन् २००७, २०१३ र २०१९ मा पनि हृदयाघात भएको थियो ।


क्याटेगोरी : समाचार, स्वास्थ्य

प्रतिक्रिया


ताजा अपडेट