Techie IT
Samayabaddha
बिहीबार, २२ फागुन, २०८१

अजरबैजान र सर्बिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ


काठमाडौं, २२ फागुन । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अजरबैजान र सर्बिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा स्याङ्जा बिरूवा गाउँपालिक ६ घर भई काठमाडौं तारकेश्वर नगरपालिका ९ बस्ने २६ वर्षीय सुन्दर केसी र बाग्लुङ निसीखोला गाउँपालिका ६ घर भई काठमाडौं टोखा नगरपालिका ८बस्ने ५१ वर्षीय किरण घर्ती रहेका छन् ।

पक्राउ मध्ये सुन्दरले अजरबैजान पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १२ लाख ७० हजार रूपैयाँ र किरणले सर्बिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ३ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले बुधबार पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचाल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : जनमञ्च, समाचार

प्रतिक्रिया


ताजा अपडेट