Techie IT
Samayabaddha
बिहीबार, २२ फागुन, २०८१

एमाले जस्तै कांग्रेस पनि अलोकतान्त्रिक र निरङ्कुशताको बाटोमा लाग्नु दुःखद : सांसद गोपी अछामी


काठमाडौँ, २२ फागुन । नेकपा (माओवादी केन्द्र) का राष्ट्रियसभा सदस्य गोपीबहादुर अछामीले वर्तमान सरकार अलोकतान्त्रिक र निरङ्कुशताको बाटोमा हिँडेको भन्दै उक्त बाटोमा प्रजातान्त्रिक भन्ने कांग्रेस समेत लाग्नुलाई दुःखद भनेका छन् । बिहीबार राष्ट्रियसभा बैठकमा बोल्दै अछामीले सरकारले ल्याएका अध्यादेश अस्वीकारको प्रस्ताव दर्ता गर्नुपर्नाका कारणबारे प्रस्ट्याउँदै यस्तो बताएका हुन् ।

‘यो सरकार निरङ्कुशता, अलोकतान्त्रिक र संसद् छल्ने बाटोमा लागेको छ’, उनले भने, ‘र सांसदको अधिकार कुण्ठित गर्ने बाटोतिर पनि गएको देखिन्छ ।’ उनले हालका प्रधानमन्त्री केपी शर्मा ओलीले दुई–दुई पटक संविधान मिचेको र संसद् विघटन गरेको भन्दै प्रधानमन्त्रीसँग खासै गुनासो नभएको बताए ।

उनले भने, ‘तर नेपाली कांग्रेस पनि त्यही बाटोमा हिँड्नु दुःखद हो ।’ उनले सरकार अध्यादेशमार्फत देश चलाउने चेष्टामा लागेको भन्दै सरकारको अध्यादेश कदमप्रति आपत्ति जनाए । उनले अध्यादेश देश हितका लागि नभएको भन्दै अध्यादेश अस्वीकृत गर्न आग्रह समेत गरे ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट