Techie IT
Samayabaddha
बिहीबार, २२ फागुन, २०८१

गोविन्दा र सुनिता आहुजाबीचको सम्बन्ध बिच्छेदको खबर हल्ला मात्र !


मुम्बई । बलिउड अभिनेता गोविन्दा र उनकी पत्नी सुनिता आहुजाबिच सम्बन्ध विच्चेछको खबर गलत र अफवाह मात्र भएको बताइएको छ । अभिनेता गोविन्दा र सुनिताले सम्बन्ध विच्छेदको खबर झुठो भएको बताएका हुन् । दुवैले आफूहरुको सम्बन्धलाई लिएर चलाइएको हल्ला सार्वजनिक रुपमा खण्डन गर्दै दुवैले सम्बन्ध मजबुत रहेको बताएका छन् । गोविन्दाले आफ्नो एक अन्तरवार्तामा आफुले पत्नी सुनितालाई हमेशा माया गर्ने बताएका छन् । उनले आफूहरुको सम्बन्धमा कुनै प्रकारको संकट नरहेको पनि स्पष्ट गरेका छन् ।

त्यस्तै सुनिताने पनि आफूहरु एक अर्कामा विल्कुल खुशीका साथ वैवाहिक जीवन बिताइरहेको बताएकी छन् । सुनिता आहुजाले आफ्नो सामाजिक सञ्चालको वालमा आफूहरुबीच कुनै प्रकारको सम्बन्ध विच्छेद हुन गइरहेको छैन भन्दै आफूहरु सँगसँगै रहेको बताएकी छन् ।

गोविन्दकी पत्नी सुनिताले एक मिडियामा आफूहरू लामो समयदेखि अलग रहेको बताएपछि उनीहरुको सम्बन्धलाई लिएर चर्चा चुलिएके थियो ।

गोविन्दा र सुनिताको जोडी बलिवुडको एक लोकप्रिय अथवा लामो समयदेखि एक अर्काका साथमा रहेको जोडीको रुपमा हेरिन्छ । त्यसैलेउनीहरुको जोडी र सम्बन्धलाई आदर्शके रुपमा हेरिएको थियो ।

यो जोडीको १८८७ मा परिवारको सहमतीमा मागी विवाह भएको थियो । उनीहरुका एक छोरा र एक छोरी छन् । सुनिताले आफ्ना बच्चाहरु र गोविन्दाको परिवारको उच्च प्राथमिकता दिदै हेरचाह गर्दै आइरहेकी छन् ।

उनीहरु दुवैले सार्वजनिक मञ्चमा पनि एक अर्काप्रति आफ्नौ माया रहेको सार्वजनिक गर्दै आइरहेका थिए । गोविन्दले हरेक अन्तरर्वार्तामा आफ्नो फिल्म र पत्नि सुनिताको तारिफ गरिरहेका हुन्छन् ।

गोविन्दा बलिवडमा एकदमै सफल कलाकार रुपमा चिनिएका पात्र हुन् ।

 


क्याटेगोरी : समाचार, साहित्य

प्रतिक्रिया


ताजा अपडेट