Techie IT
Samayabaddha
बिहीबार, २२ फागुन, २०८१

युक्रेनका राष्ट्रपतिको गृहनगरमा रुसले गरेको मिसाइल हमलाबाट चार जनाको मृत्यु


एजेन्सी, २२ फागुन । युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीको गृहनगरमा रुसले मिसाइल आक्रमण गरेको छ । जेलेन्स्कीको गृहनगरमा रहेको एक होटलमा रुसले मिसाइल आक्रमण गरेको हो ।

उक्त आक्रमणमा परी चार जनाको मृत्यु भएको छ । जेलेन्स्कीले युरोपका नेताहरूसँगको शिखर सम्मेलनको तयारी गरिरहँदा रुसले उनको गृहनगरमा आक्रमण गरेको बीबीसीले जनाएको छ ।

उक्त आक्रमणमा परी ३१ जना घाइते भएका क्षेत्रीय गभर्नर सेरही लिसाकले बताएका छन् । उनका अनुसार उक्त आक्रमणका कारण १३ अपार्टमेन्ट ब्लक तथा १२ पसलहरूमा क्षति पुगेको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट