Techie IT
Samayabaddha
बिहीबार, २२ फागुन, २०८१

युक्रेनी राष्ट्रपति जेलेन्स्कीको गृहनगरमा रुसको मिसाइल आक्रमण, ४ जनाको मृत्यु


युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको गृहनगरमा रहेको एक होटलमा रुसले मिसाइल आक्रमण गर्दा चार जनाको मृत्यु भएको छ । युक्रेनी राष्ट्रपति जेलेन्स्कीले बेल्जियमको राजधानी ब्रसेल्समा युरोपेली नेताहरूसँगको शिखर सम्मेलनको तयारी गरिरहेका बेला रुसले आक्रमण गरेको बीबीसीले जनाएको छ ।

आक्रमणबाट अरू ३१ जना घाइते भएका छन् । युक्रेनको मध्य शहरमा रहेको एउटा होटलमा मिसाइल खस्दा १३ वटा अपार्टमेन्ट ब्लक र १२ वटा पसलमा क्षति पुगेको बीबीसीको खबरमा उल्लेख छ ।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले मिसाइल आक्रमणमा परेको होटलमा अमेरिकी र बेलायती स्वयंसेवकहरू उपस्थित रहेका बताएका छन् । रुस र युक्रेनबीच गएको तीन वर्षदेखि युद्ध चलिरहेको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट