Techie IT
Samayabaddha
आईतबार, २५ फागुन, २०८१

बारामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


बारा, २३ फागुन । बारामा मध्य राति भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ।

मध्यराति करिब साढे २ बजे कलैया उपमहानगरपालिका–१४ बघवनमा बरियारपुरबाट कलैयातर्फ जाँदै गरेको ना ६ ख ५०६७ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना ३९ प ७३६७ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको हो।

मृत्यु हुनेमा रौतहटको फतुवाविजयपुर नगरपालिका–५ बैरगनियाका ३५ वर्षीय अनिलप्रसाद यादव रहेको बारा प्रहरीले जनाएको छ।

दुर्घटना भएपश्चात यादवलाई उपचारको लागि प्रादेशिक अस्पताल कलैयामा लग्दा चिकित्सकहरूले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता विजयराज पण्डितले बताए।

दुर्घटना हुने बितिकै चालक फरार भएको प्रहरीले जनाएको छ। बसलाई प्रहरीले नियन्त्रण लिएर घटनाबारे अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट