पोखरामा कोटीहोम महायज्ञ रोक्न खोज्दा महानगर प्रहरी र आयोजकबीच झडप

कास्की, २३ फागुन । पोखरा महानगरपालिकाले कोटीहोम महायज्ञ रोक्न खोज्दा झडप भएको छ। लेकसाइडमा कोटिहोमका लागि भूमि पूजन गर्न पोखरा महानगरले रोक्न लागेपछि झडप भएको हो।
झडपमा केही नगर प्रहरी र अन्य घाइते भएका छन्। नेपाल ट्रस्ट मातहतको बाराहीघाटमा आज मानव सेवा फाउन्डेसनले कोटिहोमका निम्ति भूमि पूजन कार्यक्रम राखेको थियो। त्यसलाई रोक्न पुगेको महानगर प्रहरी र आयोजकबीच झडप भएको हो।
बाराहीघाटमा बाक्लो संख्यामा नगर प्रहरी र नेपाल प्रहरी तैनाथ गरिएको छ।
क्याटेगोरी : प्रदेश खबर, समाचार
प्रतिक्रिया