Techie IT
Samayabaddha
आईतबार, २५ फागुन, २०८१

माओवादीको तराई मधेश जागरण अभियान स्थगित


माओवादीको हुलाकी राजमार्ग केन्द्रित तराई मधेश जागरण अभियान स्थगित गरिएको छ । झापाको कचनकबलबाट १२ फागुनमा सुरु भएको अभियान शनिबार रौतहटमा पुग्दा स्थगित भएको हो ।

माओवादीका एक पदाधिकारीका अनुसार, संसदको कामकारबाहीलाई प्रभावकारी बनाउन र संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध भइरहेका गतिविधिहरूको प्रतिवाद गर्न यो अभियान तत्काल स्थगित गरिएको हो । “संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध गतिविधि गरेर अराजकता मच्चाउन खोजिएको छ,” ती पदाधिकारीले भने ।

शनिबारको कार्यक्रममा रौतहटबाट ४ बजे बाराको सिम्रौनगढ नगरपालिकामा प्रवेश गर्ने कार्यक्रम थियो । यहाँ सहिद लालु यादवको परिवारसँग भेटघाट, वामपन्थी नेता हरिहर यादवको सालिकमा माल्यार्पण र अन्य कार्यक्रमहरू राखिने योजना थियो । तर, राजनीतिक उतारचढावका कारण रौतहटमा कार्यक्रम स्थगित गरिएको बाराका लालकिरण चौलागाईंले जानकारी दिए ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट