गाजा सम्झौता पूर्णरूपमा कार्यान्वयन गर्न नेतान्याहुलाई मुक्त इजरायली बन्धकको आग्रह

प्यालेस्टिनी इस्लामिक लडाकू समूह (हमास) को कब्जाबाट मुक्त भएका इजरायली बन्धकहरूले प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई गाजा युद्धविराम सम्झौताको पूर्ण कार्यान्वयन गर्न आग्रह गरेका छन् ।
मुक्त बन्धकहरूको ५६ जनाको समूहले सामाजिक सञ्जाल इन्स्टाग्राममा एउटा पत्र पोस्ट गर्दै प्यालेस्टिनी भूमिमा अझै बन्धक अवस्थामा रहेकाहरूको रिहाइ सुनिश्चित गर्न आग्रह गरेका हुन् । उनीहरूले आफूहरूले बन्धक रहँदा भयानक अवस्थाको अनुभव गरेको भन्दै युद्धमा फर्कनु भनेको बाँकी रहेकाहरूको जीवनको खतरा रहेको बताएका छन् ।
गाजा युद्धविरामको पहिलो चरण ६ हप्तापछि यही मार्च १ मा सकिएको थियो । त्यसपछि शान्तिवार्ता सुरू भएको छैन । इजरायलले पहिलो चरण अप्रिलको मध्यसम्म लम्ब्याउन चाहेको बताइरहँदा हमासले भने दोस्रो चरणमा प्रवेश हुनुपर्नेमा जोड दिएको छ ।
सन् २०२३ मा इजरायलमा भएको आक्रमणका क्रममा प्यालेस्टिनी लडाकूले बन्धक बनाएका २ सय ५१ मध्ये ५८ जना गाजामै रहेका छन् । ५८ मध्ये ३४ जनाको ज्यान गएको इजरायली सेनाले जनाएको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
प्रतिक्रिया