Techie IT
Samayabaddha
आईतबार, २५ फागुन, २०८१

अमेरिकाले सैन्य सहायता रोक्नासाथ युक्रेनमा रुसी आक्रमण तीब्र


काठमाडौं । रुसी आक्रमणमा परी युक्रेनमा कम्तिमा पनि २५ जना मारिएका छन् । ताजा आक्रमणलाई हेर्दा संघर्ष रोकिनेमा कुनै संकेत नमिलेको अधिकारीहरुले बताएका छन् ।

स्थानीय अधिकारीहरुका अनुसार शनिबार डोनेत्स्क क्षेत्रमा भएको एक आक्रमणमा ११ जना मारिए । जहाँ ६ बच्चासहित ४० जना घाइते भए । खार्किव र ओडेसासहित अन्य क्षेत्रमा घर तथा भवन संरचना ध्वस्त पारिएका छन् ।

अमेरिकाले युक्रेनलाई सैन्य सहायता र खुफिया जानकारी दिन रोक लगाएपछि रुसी आक्रमण तीब्र बन्दै गएको छ । ओभल अफिसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच चर्काचर्कीपछि अमेरिकाले यो कदम चालेको हो ।

रुसको ताजा आक्रमणलाई लिएर पोलिश प्रधानमन्त्री डोनाल्ड टस्कले गम्भीर टिप्पणी गरेका छन् । उनले जब कसैले बर्बर मान्छेलाई खुशी दिन्छ तब यस्तै हुन्छ, भनेका छन् ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट