Techie IT
Samayabaddha
सोमबार, २६ फागुन, २०८१

जाजरकोटको कुशे गाउँपालिकामा आगलागीबाट एक बालकको मृत्यु


जाजरकोट । जाजरकोटको कुशे गाउँपालिकामा गएराति भएको आगलागीमा परेर एक बालकको मृत्यु भएको छ ।

कुशे गाउँपालिका वडा नम्बर ८ ग्राक्ली साँक्टका जनक बहादुर रोकायको घरमा खाना पकाउने चुलोबाट छानामा आगो सल्किएर आगलागी हुँदा उहाँका १२ वर्षका छोरा अमरको मृत्यु भएको हो ।

जनक र आमा बिजुली रोकाय घाइते हुनुभएको जाजरकोट प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ७ जनाको परिवार रहेको घरमा अरूको सकुशल उद्धार भएको छ ।

पशु चौपायालाई पनि स्थानीयबासिन्दाले बाहिर निकाल्न भ्याएका छन् । धन, पैसा र लत्ताकपडा भने सबै जलेर नष्ट भएका छन् ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट