सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढ्यो

काठमाडौं, २६ फागुन । नेपाली बजारमा सोमबार (फागुन २६) सुनको मूल्य सामान्य बढेको छ । सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ७० हजार ४०० रुपैयाँ कायम छ । आइतबार (फागुन २५) छापावाल सुन प्रतितोला एक लाख ७० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला एक हजार ९८५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । आइतबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।
क्याटेगोरी : अर्थ
प्रतिक्रिया