महिला न्यायाधीश भएर मात्र सबै कुरा पूरा हुँदैन, क्षमता र साहस हुन जरुरी छ : पूर्वप्रधानन्यायाधीश कार्की

काठमाडौं, २६ फागुन । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले न्यायाधीशहरूले फलको आस नगरी कर्म गर्नुपर्ने बताएकी छन् । सोमबार ललितपुरमा आयोजित ‘महिला न्यायाधीश सम्मेलन–२०८१’ मा उनले यस्तो बताएकी हुन् ।
महिला न्यायाधीश भएर आउँदैमा सबै कुरा पूरा नहुने उनले उल्लेख गरिन् । उनले महिला न्यायाधीशमा क्षमता र साहस हुन जरुरी रहेको औँल्याइन् ।
“अदालतमा १० हजार मुद्दा छ भने २० हजार मानिस हुन्छ । १० हजारले जित्छ, १० हजारले हार्छ । हार्ने १० हजारले कहिल्यै जस दिँदैन अदालतलाई,” उनले भनिन्, “त्यसैले मैले काम गरेँ, तर किन जस दिएन भनेर सोच्दै नसोच्नुस् । आफ्नो क्षमताले भ्याएसम्म काम गर्नुस् ।”
न्यायाधीशले धेरै अध्ययन गर्न जरुरी रहेकामा उनले जोड दिइन् । उनले न्यायाधीशले जस लिने आशा गरेर न्यायसम्पादन गर्न नहुने बताइन् ।
“…यो यस्तो क्षेत्र हो, अदालतमा १० हजार मुद्दा छ भने २० हजार मानिस हुन्छ । १० हजारले जित्छ, १० हजारले हार्छ । हार्ने १० हजारले कहिल्यै जस दिँदैन अदालतलाई,” उनले भनिन्, “त्यसैले मैले काम गरेँ, तर किन जस दिएन भनेर सोच्दै नसोच्नुस् । आफ्नो क्षमताले भ्याएसम्म काम गर्नुस् ।”
पूर्वप्रधानन्यायाधीश कार्कीले न्यायाधीशले पक्षपात नगरी न्याय दिनुपर्ने बताइन् । न्युज एजेन्सी नेपाल
क्याटेगोरी : जनमञ्च, समाचार
प्रतिक्रिया