Techie IT
Samayabaddha
सोमबार, २६ फागुन, २०८१

नेपालको आन्तरिक राजनीतिमा कुनै बाह्य हस्तक्षेप छैन : देउवा


धनगढी, २६ फागुन । नेपााली कांग्रेसमा सभापति शेरबहादुर देउवाले राजतन्त्र स्थापनाको कुरा हल्ला मात्र भएको बताएका छन् । सोमबार कांग्रेसको सुदूरपश्चिम प्रदेश सम्मेलनको उद्घाटन गर्न धनगढी पुगेका सभापति देउवाले सो कुरा बताएका हुन् ।

धनगढी विमानस्थलमा सञ्चारकर्मीहरुले काठमाडौंमा राजसंस्था पक्षधरहरुले निकालेको र्‍यालीको विषयमा राखेको जिज्ञासाबारे सभापति देउवाले राजतन्त्रको पक्षमा महोल सिर्जना हुँदैछ भन्ने हल्लामात्र भएको बताए ।

उनले भने, “राजतन्त्रको विषयमा मलाई थाहा छैन, अनावश्यक हल्ला हो, मलाई के केही थाहा छैन ।’’ यस्तै उनले नेपालको आन्तरिक राजनीतिमा कुनै बाह्य हस्तक्षेप नभएको समेत स्पस्ट पारे ।

यस्तै सभापति देउवाले सुदूरपश्चिम प्रदेशको समग्र विकासमा आफू क्रियाशिल रहने बताए । सम्मेलनमा सहभागी हुन उपसभापति गोपालमान श्रेष्ठ, कांग्रेस महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्मा, प्रवक्ता प्रकाश शरण महत, नेता वालकृष्ण खाण, कृष्णप्रसााद, सिटौला, एनपी साउद, शशांक कोइरालालगायतका नेताहरु आज धनगढी आएका छन् ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट