सुर्खेतको एक होटलमा ग्यास पड्केर आगलागी

सुर्खेत, २६ फागुन । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ६ को एक होटलमा ग्यास पड्केर आगलागी भएको हो ।
आगलागी भएपछि होटलसँगै सटेका घडी, रेडियो, साइकल तथा फेन्सी पसलमा क्षति पुगेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार क्षतिको एकीन हुन सकेको छैन । वीरेन्द्रनगर नगरपालिकाको दमकलको सहायताले आगो निभाउने प्रयास जारी छ ।
काठबाट निर्मित पुरानो घर भएकाले बढी क्षति भएको हुन सक्ने जनाइएको छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया