Techie IT
Samayabaddha
सोमबार, २६ फागुन, २०८१

सरकार कुशासनमा छ, नालायकी छ, असफल छ : अग्नी सापकोटा


काठमाडौं, २६ फागुन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि) का उपकुलपति प्रा.डा. केशरजंग बराललाई दुःख दिइरहेको आरोप लगाएको छ। आज माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकारले बारम्बार त्रिविका उपकुलपति र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई दुःख दिएको बताएका हुन्।

पार्टी कार्यालयमा आज बसेको माओवादी बैठकपछि उनले यो सरकार असफल भएको पनि बताए। उनले भने,‘यो सरकारले विद्युत प्राधिकरणका एमडी र त्रिविका उपकुलपतिलाई दुःख दिइरहेको छ, सरकारको कुशासन, नालायकी छ, सरकार असफल छ।’

सरकारले गरेको गतिविधिकै कारण जनताहरु अहिले रुष्ट बनेको उनको भनाइ छ। उनले भने, ‘सरकारको नालायकीबाट जनता रुष्ट बनेका छन्,अब हामीले नयाँ आशा, भरोसा दिनैपर्छ ।’


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट