रोल्पाका पूर्व वडाध्यक्ष तिर्खाबहादुर बुढाथोकीको रुस र युक्रेनको द्वन्द्वमा मृत्यु

रोल्पा, २७ फागुन । रोल्पाका एक पूर्व वडाध्यक्षको रुसमा निधन भएको छ । सुनछहरी गाउँपालिका ५ जैमाकसलाका पूर्व वडाध्यक्ष तिर्खाबहादुर बुढाथोकीको रुस र युक्रेनको द्वन्द्व परी निधन भएको जनाइएको छ ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा बुढाथोकी नेकपा एमालेका तर्फबाट सुनछहरी गाउँपालिका ५ जैमाकसलाको वडाध्यक्षमा निर्वाचित भएका थिए । २०७९ को स्थानीय तह निर्वाचनमा पुनः वडाध्यक्षको उम्मेदवार थिए । २०७९ सालको स्थानीय तहको निर्वाचनमा विजय हुन नसकेपछि उनी रुस गएको पारिवारिक स्रोतले जनाएको छ ।
२०८० असोजमा बुढाथोकी रुसी सेनामा भर्ती भएको परिवारले जनाएको छ । रुस र युक्रेनको बेलाबेला भइरहने द्वन्द्वले आफ्नो ज्यान जोखिममा रहेको आफन्तलाई फोन र सामाजिक सञ्जाल फेसबुक म्यासेन्जर बुढाथोकीले भन्ने गरेका थिए ।
२०८० असोजमा बुढाथोकी रुसी सेनामा भर्ती भएको परिवारले जनाएको छ । रुस र युक्रेनको बेलाबेला भइरहने द्वन्द्वले आफ्नो ज्यान जोखिममा रहेको आफन्तलाई फोन र सामाजिक सञ्जाल फेसबुक म्यासेन्जर बुढाथोकीले भन्ने गरेका थिए । परिवारले फागुन २४ गते मात्र बुढाथोकीको मृत्युको समाचार थाहा पाएका थिए । केही हप्तादेखि सम्पर्कविहीन भएपछि घर परिवार चिन्तित बनेका थिए । बुढाथोकीको मृत्यु भएको यकिन मिति थाहा भएको छैन । बुढाथोकीले रुसी सेना छाडेर घर आउने पनि भन्दै आएको आफन्तको भनाइ छ ।
सोमबार बेलुका आफन्त र इष्टमित्रमार्फत बुढाथोकीको निधन भएको खबर सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक भएको हो । पूर्व वडाध्यक्ष बुढाथोकी पूर्वी रोल्पाको एमालेका नेता थिए । बुढाथोकीको परिवारमा श्रीमती, १ छोरा १ छोरी, बुवा आमा, दाइ भाउजूलगायत छन् । मृत्यु भएको गाउँमा थाहा पाएपछि सामाजिक परम्परा अनुसार बुढाथोकीको हिजो सोमबारदेखि नै शुद्ध शान्तिका लागि घरमा काजकिरिया सुरु गरिएको छ । घरमा काजकिरिया सुरु भइसकेकाले मृतकको शवलाई नेपाल ल्याउने सम्भावना कम रहेको पारिवारिक स्रोतको भनाइ छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
प्रतिक्रिया