Techie IT
Samayabaddha
बुधबार, २८ फागुन, २०८१

लामो समयदेखि चलिरहेका यूएसएआईडीका सहायता कार्यक्रम बन्द हुँदा विश्वभरि असर पर्ने चेतावनी


एजेन्सी, २७ फागुन । संसारभरिका मानवीय सहायता कार्यक्रममा सामेल सङ्घसंस्थाहरूले लामो समयदेखि चलिरहेका यूएसएआईडीका सहायता कार्यक्रम बन्द हुँदा अहिले नै त्यसका गम्भीर परिणामहरू देखा परिसकेको र फलस्वरूप कतिपय ठाउँमा मानव जीवन समेत जोखिममा पर्ने चेतावनी दिएका छन्ट्रम्प प्रशासनले उसले अन्तर्राष्ट्रिय जगत्मा गर्ने खर्च उसको ‘अमेरिका पहिले’ भन्ने नीतिसँग मेल खानुपर्ने बारम्बार बताउँदै आएको छ।

ज्यानुअरी २० मा ट्रम्पले दोस्रो कार्यकाल सम्हाल्नेबित्तिकै यूएसएआईडीका हजारौँ कर्मचारीलाई बिदामा बस्न भनियो भने विदेशमा खटेका कर्मचारीहरूलाई फिर्ता बोलाइयो।

पहिलो दिनमै हस्ताक्षर गरिएको कार्यकारी आदेशमा ट्रम्पले अन्तर्राष्ट्रिय सहायतालाई पनि रोक्का गर्दै यूएसएआईडीका विदेशस्थित कामको समीक्षा गर्न आदेश दिए। ती समीक्षा गर्ने जिम्मेदारी इलोन मस्क नेतृत्वको डिपार्टमन्ट अफ गभर्न्मन्ट इफिशन्सी (डीओजीई) लाई दिइयो।

विकास सहायता कार्यसम्बन्धी हजारौँ ठेक्काहरू रद्द गरिए अनि हजारौँ कर्मचारीलाई अन्ततः बर्खास्त गरियो।

‘एक्स’मा राखेको पोस्टमा विदेशमन्त्री रुबिओले समीक्षाका आधारमा अमेरिकाले यूएसएआईडीका ६,२०० कार्यक्रमहरूमध्ये करिब ५,२००लाई ‘औपचारिक रूपमै बन्द’ गर्न लागिएको जनाएका छन्।

‘कङ्ग्रेससँगको सरसल्लाहमा बाँकी १८५ कार्यक्रमहरू जुन हामी निरन्तर गर्न चाहन्छौँ‘। (तिनलाई) विदेश मन्त्रालयअन्तर्गत थप प्रभावकारी रूपमा सञ्चालन गर्ने छौँ ,’ रुबिओले भनेका छन्।

उनले ‘लामो समयदेखि आवश्यक रहेको र ऐतिहासिक सुधारका निम्ति घण्टौँ घण्टा काम गरेकोप्रति’ डीओजीई र विदेश मन्त्रालयका कर्मचारीहरूलाई धन्यवाद दिएका छन्।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट