Techie IT
Samayabaddha
बुधबार, २८ फागुन, २०८१

प्रतिक्रान्तिकारीलाई परास्त गर्ने जिम्मेवारी फेरि एकपटक क्रान्तिकारीको काँधमा आएको छ : प्रचण्ड


काठमाडौं, २७ फागुन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिक्रान्तिकारीलाई परास्त गर्ने जिम्मेवारी फेरि एकपटक क्रान्तिकारीको काँधमा आएको बताएका छन् । आज वाईसीएल नेपालको बैठक उद्घाटनका क्रममा उनले वैधानिक रूपमा जनताले मिल्काइसकेको शक्तिले बेलाबेलामा टाउको उठाउने प्रयास गर्नु अस्वाभाविक भएको बताए ।

त्यस्ता प्रयासविरुद्ध अझ बढी संगठित र सशक्त हुनुपर्ने क्रान्तिकारीको दायित्वमा भएकामा उनले जोड दिए । वर्तमान सरकारको गलत क्रियाकलापका कारण प्रतिगामी र प्रतिक्रान्तिकारीले ‘स्पेस’ पाएको महसुस आफूले गरेको उनको भनाइ थियो ।

गणतन्त्रको विकल्प कुनै पनि नामको निरंकुशता नभई समाजवादी गणतन्त्र भएको उनले बताए ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट