Techie IT
Samayabaddha
बुधबार, २८ फागुन, २०८१

दलहरु सच्चिय, राजावादीहरुसँग नतर्स


सम्पादकीय

यतिबेला राजावादी शक्तिहरु सल्बलाउन थालेका छन् । पूर्व राजा ज्ञानेन्द्र शाह परिवारसहित पोखराबाट विमान चार्टड गरेर काठमाडौंको त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि राजन्तत्र समर्थकहरुको भिड लाग्यो । उनीहरुले ज्ञानेन्द्र शाहलाई विमानस्थलमा स्वागत गर्दै निर्मल निवाससम्म पुर्याए /भित्र्याए । यसोतः ज्ञानेन्द्र शाहले यही फागुन ७ गते प्रजातन्त्र दिवसका अवसरमा एक भिडियो सन्देशमार्फत अव आफ्नो ‘बेला आएको’ बताएका थिए ।

ज्ञानेन्द्रको स्वागतमा भारतको एक प्रान्तका मुख्यमन्त्री आदित्यनाथको तस्बिर अंकित प्लेकार्ड पनि प्रदर्शन गरिएको थियो । यसले नेपालमा राजतन्त्र फर्काउन, हिन्दूराज्य घोषणा गर्न र नेपाली जनताले निरंकुशताविरुद्ध लडेर प्राप्त गरेका अधिकार खोस्ने कुचेष्टा गरिरहेको आमनेपालीको आशंका छन् । यसैका कारण प्रतिगामी तत्वहरु सल्बलाउन थालेको र परिवर्तनकारी शक्तिहरु एकताबद्ध हुनुपर्ने लोकतान्त्रिक गणतन्त्र, र संघीयता पक्षधर पार्टीका नेताहरुले आग्रह गर्न थालेका छन् ।

सत्ताको बागडोर सम्हालेका एमाले–काँग्रेसको शासनशैली/कार्यशैली भने फेरिन जरुरी छ । एक दलले अर्को दललाई अरोप/प्रत्यारोप गर्दैमा लोकतन्त्र सुदृढ हुँदैन । लोकतन्त्र सुदृढ गर्दै यसको सवलिकरण गर्न र राजावादी शक्तिहरुलाई उठ्न नदिन जनमुखी कार्यक्रमहरु, सुशान, अर्थिक समृद्धिमा लाग्न जरुरी छ ।

गत निर्वाचनमा नेकपा (एमाले)ले राजतन्त्रको वकालत गर्ने राप्रपासँग चुनावी तलमेल गरे राजावादीहरुलाई ‘स्पेश’ दिएको थियो । आफूलाई संघीय लोकतान्त्रिक गणतन्त्रको हकदार भन्ने एमालेको ढाडमा टेकेर केही ‘राजावादी’हरुले चुनाव जितेर मन्त्रीसम्म भए । उता पूर्वराजा ज्ञानेन्द्र शाह भने धार्मिक यात्राको बहानामा भारतसँग गुपचुप तरिकाले आफूलाई शक्तामा पु¥याउन हारगुहार मगिरहेका थिए । उनको चलखेललाई गणतन्त्रवादी राजनीतिक दल र सरकारले मौन रुपमा हेरेर बसिरह्यो । दलहरु, र स्थानीय सरकारहरु मनमौजी तरिकाले भ्रष्टाचार, नातावाद , अनियमितता र गैरसंवैधानिक कृयाकपालमा चुर्लुम्म डुब्दै गए । यसले गर्दा राजावादीहरुलाई सल्बलाउने झिनो गोरेटो कोरिएको कतिपयको भनाई छ ।

तर जनताको आन्दोलनले बिसर्जन गरेको पश्चगामी शक्ति यत्तिकैमा ब्यूँतिदैन । दलहरु भने सच्चिनु पर्छ । उनीहरुका कृयाकलाप लोकतान्त्रिक पद्धतिमा चल्नुपर्छ । प्रजातन्त्र, लोकतन्त्र वा गणतन्त्रको बिकल्प राजतन्त्र भने कदापी पनि हुन सक्दैन । यदि ज्ञानेन्द्र शाह शक्तामा आउन चाहेकै हुन् भने उनलाई राजनीतिक दल खोलेर, निर्वाचनमा सहभागी भएर आउँने बाटो संविधानले खुल्ला गरिदिएको छ । लोकतन्त्रमा जनताको म्याण्डेट जितेर ब्यालेटबाट निर्वाचित हुने अधिकार सबै नेपाली नागरिकलाई प्रदान गरेको छ ।

ज्ञानेन्द्र शाह र राजावादी शक्तिहरु सल्बलाउन थालेपछि नेकपा (माओवादी केन्द्र)ले थालनी गरेको तराई–मधेश अभियान स्थगित गरेर काठमाडौं फर्किएको छ । यो माओवादीको अदूरदर्शीता हो । माओवादी यत्तिकैमा अत्तालिन जरुरी छैन । सत्ताको बागडोर सम्हालेका एमाले–काँग्रेसको शासनशैली/कार्यशैली भने फेरिन जरुरी छ । एक दलले अर्को दललाई अरोप/प्रत्यारोप गर्दैमा लोकतन्त्र सुदृढ हुँदैन । लोकतन्त्र सुदृढ गर्दै यसको सवलिकरण गर्न र राजावादी शक्तिहरुलाई उठ्न नदिन जनमुखी कार्यक्रमहरु, सुशान, अर्थिक समृद्धिमा लाग्न जरुरी छ ।


क्याटेगोरी : बिचार, राजनीति

प्रतिक्रिया


ताजा अपडेट