Techie IT
Samayabaddha
बुधबार, २८ फागुन, २०८१

पत्रकार आर्जु हमाललाई प्रहरीले दुर्व्यवहार गरेको घटनाप्रति महासघंको ध्यानाकर्षण


काठमाडौं, २७ फागुन । समाचार संकलनका क्रममा दिनेश एफएम र दिनेश खबर डटकममा आवद्ध पत्रकार आर्जु हमाललाई प्रहरीले दुर्व्यवहार गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको जनाएको छ ।

फागुन २५ गते आइतबार धनगढी उपमहानगरपालिका–८ मा नवनिर्मित सिटीहलको उद्घाटन समारोहको समाचार संकलनका क्रममा पत्रकार हमालमाथि प्रहरी अधिकृतहरूले दुर्व्यवहार गरेको महासंघ कैलाली शाखाले जनाएको छ ।

नागरिकलाई सुसूचित गर्ने धर्म निर्वाहमा जुटेका पत्रकारलाई प्रहरीले गरेको यो व्यवहार प्रेस स्वतन्त्रतामाथिको ज्यादती भएको महासंघका महासचिव रामप्रसाद दाहालद्वारा आज जरी विज्ञप्ति उल्लेख छ । विज्ञप्ति भनिएको छ, ‘महासंघ प्रहरीको हर्कतको कडा शब्दमा भत्र्सना गर्दछ । र, पत्रकारको संवैधानिक अधिकारको ख्याल गरी प्रेसविरोधी यस्ता कार्यमा संलग्नमाथि विभागीय कारबाहीका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ ।’


क्याटेगोरी : समाचार, साहित्य

प्रतिक्रिया


ताजा अपडेट