अमेरिका र युक्रेनबीच साउदी अरेबियामा शान्ति वार्ता सुरू

साउदी अरेबियामा अमेरिका र युक्रेनबीच शान्तिवार्ता सुरू भएको छ । अघिल्लो शुक्रवार ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच चर्काचर्की भएको घटनापछि पहिलो पटक युक्रेन र अमेरिका वार्तामा बसेका हुन् ।
अमेरिकासँगको बैठक निकै रचनात्मक तरिकाले शुरू भएको युक्रेनी अधिकारीले बताएका बीबीसीले जनाएको छ । युक्रेनी राष्ट्रपति जेलेन्स्कीको कार्यालयका प्रमुख एन्ड्री येर्माकले आफूहरूले न्यायपूर्ण र दिगो शान्तिका लागि काम गरिरहेको टेलिग्राममा उल्लेख गरेका छन् । यस्तै युक्रेनभन्दा बढी शान्ति अरू कसैले नचाहने जेलेन्स्कीका शीर्ष सहयोगी येर्माकले बताएका बीबीसीको खबरमा उल्लेख छ ।
यसैबीच शान्ति वार्ता सुरू हुनुअघि युक्रेनले रुसको मस्कोमा गरेको अहिलेसम्मकै ठूलो ड्रोन आक्रमणमा मृतकको सङ्ख्या तीन जना पुगेको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
प्रतिक्रिया