Techie IT
Samayabaddha
बुधबार, २८ फागुन, २०८१

म्याराडोनाको निधनको ४ वर्षपछि उनको मेडिकल टोलीमाथि मुद्दा चलाइँदै


अर्जेन्टिनाका महान् फुटबलर डिएगो म्याराडोनाको निधनको मामिलामा उनको मेडिकल टोलीका ७ जना चिकित्सकविरुद्ध मुद्दा चलाइने भएको छ । चिकित्सकहरूको लापर्बाहीका कारण म्याराडोनाको असमायिक निधन भएको दाबीसहित सात जना चिकित्सकविरुद्ध मुद्दा दायर भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अर्जेन्टिनाको ब्युनस आयर्समा भोलिदेखि यो मुद्दाको कारबाही अघि बढ्ने भएको छ । दोषी ठहरिएमा सात जना प्रतिवादीहरूलाई ८ देखि २५ वर्षसम्मको जेल सजाय हुन सक्ने खबरमा उल्लेख छ ।

विश्व फुटबलका सर्वकालीन खेलाडीमध्ये एक म्याराडोनाको ६० वर्षको उमेरमा सन् २०२० को नोभेम्बर २५ तारिखमा उपचारका क्रममा निधन भएको थियो । म्याराडोनाको मस्तिष्कमा ‘ब्लड क्लट’ अर्थात् रगत जमेकाले चिकित्सकहरूले शल्यक्रिया गर्नुपर्ने जनाएका थिए । शल्यक्रियाकै क्रममा हृदयाघात भएपछि उनको निधन भएको चिकित्सकहरूले बताएका थिए ।


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


ताजा अपडेट