माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित भएको छ । मंगलबार साँझ बस्ने भनिएको बैठक स्थगित भएको हो ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार रुपन्देही जाने कार्यक्रम रहेको तथा फागुन २९ र चैत १ गते फागुपूर्णमा रहेकाले अर्को सूचना नआएसम्मका लागि बैठक स्थगित भएको सचिव चक्रपाणि खनालले जानकारी दिए ।
खनालका अनुसार समाजवादी मोर्चाको बैठक लम्बिएकाले सामान्य भेटघाट गरेर नेताहरू फर्किएका थिए ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया