Techie IT
Samayabaddha
बुधबार, २८ फागुन, २०८१

सर्लाहीमा नक्कली नोट बनाउने गिरोहमा संलग्न पाँच जना पक्राउ


सर्लाही, २८ फागुन । सर्लाही प्रहरीले नक्कली नोट बनाउने गिरोहमा संलग्न पाँच जनालाई पक्राउ गरेको छ । मलङ्गवा नगरपालकिा–८, गोरखकाली नाकाबाट नक्कली नोटसहति नोट बनाउने कार्यमा संलग्न पाँच जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा महोत्तरीको सोनमा गाउँपालकिा–७, सुन्दरपुरका ४२ वर्षीय खुर्सैद भन्ने सुल्तान मंसुर, रौतहटको गढीमाई नगरपालकिा–९, चलिमलियिाका ५६ वर्षीय रामनारायण सहनी, सर्लाहीको धनकौल गाउँपालकिा–७, बैरयिाका ४८ वर्षीय दुलार सहनी, सर्लाहीको ब्रह्मपुरी गाउँपालकिा–२, का ५० वर्षीय रामपृत सहनी र ब्रह्मपुरी गाउँपालकिा–२, कै ३५ वर्षीया सहिानता कुमारी देवी रहेका छन् ।

भारततर्फबाट बा.७ प ८७५७, बीआर ३० सी ४७६६ र बीआर ३० एआई ३०४९ नम्बरको मोटरसाइकलमा नेपाल प्रवेश गरेका उनीहरूलाई वशिेष सूराकीको आधारमा खानतलासी लिँदा नक्कली नोट बरामद भएको सर्लाही प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दएि । प्रहरीले उक्त गरिोहको साथबाट नेपाली नक्कली एक हजार दरको तल एक–एक वटा नोट राखी बचिमा सेतो कागज राखेर बनाइएको ८८ थान बन्डलमा नक्कली नेपाली रुपयिाँ १७६ थान (एक लाख ७६ हजार रुपयिाँ) बरामद गरेको छ ।

पक्राउ परेका पाँचै जनालाई मुद्रा सम्बन्धी कसुरमा सर्लाही जल्लिा अदालतबाट सात दनिको म्याद थप गरी अनुसन्धान अघ बढाइएको डीएसपी राईले बताए । नक्कली नोट बनाउन यी पाँच जना बाहेक अन्य व्यक्तिसमेत संलग्न रहेको हुनसक्ने आशङ्काको कोणबाट प्रहरीले अनुसन्धान अघ बढाएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट