पूर्व राजाको स्वागतमा देखिएको समर्थकको भीडबाट गणतन्त्रवादी नेताहरु डराए : राप्रपा सांसद विना लामा

काठमाडौं, २८ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद विना लामाले पूर्व राजाको स्वागतमा देखिएको समर्थकको भीडबाट गणतन्त्रवादी नेताहरु डराएको जिकिर गरेकी छन् ।
आजको प्रतिनिधि सभा बैठकमा मन्त्री उपस्थित नहुँदा १५ मिनेट स्थगित गरिएपछि फेरि बसेको बैठकमा लामाले यस्तो टिप्पणी गरेकी हुन् । ‘राजसंस्था पक्षधरको जनलहरको एक धक्काले हो कि मन्त्रीहरू नै गायब भएको’, उनले भनिन्, ‘तर, आउनुभयो, उहाँहरूलाई स्वागत छ, अलि जिम्मेवार बन्नुपर्यो ’
उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह र सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको उपस्थितिपछि बैठक सुचारु भएको हो । त्यसअघि माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले त्यसबारे सभामुखको ध्यानाकर्षण गराएका थिए ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया