नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाविरुद्धको हत्या सम्बन्धी मुद्दा आज सर्वोच्च अदालतमा हेर्दाहेर्दैमा राखिएको छ ।
सशस्त्र द्वन्द्वकालका बेला काभ्रेका अर्जुन लामाको हत्या प्रकरणमा सापकोटाविरुद्ध पीडित पक्षले दायर गरेको मुद्दा लामो समयदेखि अदालतमा विचाराधीन छ । पूर्णिमाया लामाले २०६९ सालमा सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् । तर, निरन्तर पेसी तोकिए पनि विभिन्न कारण देखाएर सुनुवाइ अगाडि बढ्न सकेको छैन ।
यसअघि पनि यो मुद्दा संवैधानिक इजलासमा पुगेको थियो। तर, अदालतले पटकपटक ‘हेर्न नभ्याइने’ भन्दै हेर्दाहेर्दैमा राख्ने निर्णय गर्दै आएको छ ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया