Techie IT
Samayabaddha
बुधबार, २८ फागुन, २०८१

प्रधानमन्त्री कप क्रिकेट : पुलिसकाे लगातार दाेस्राे जीत, काेशीकाे लगातार तेस्राे हार


काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले कोशी प्रदेशलाई १ सय ५४ रनले हराएको छ ।

पुलिसले दिएको २ सय ८९ रनको लक्ष्य पछ्याएको कोशी ३६ ओभर २ बलमा १ सय ३४ रन बनाउँदा अलआउट भयो । कोशीका सुजन थपलियाले सबैभन्दा धेरै नटआउट ३३ रन बनाए । पुलिसका करण केसीले ३, ललित राजवंशीले २ विकेट लिए ।

यसअघि रुपन्देहीको एक्स्ट्राटेक ओभल मैदानमा टस जितेर ब्याटिङ गरेको पुलिसले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८८ रन बनायो । पुलिसका कुशल भुर्तेलले ६५, दिलिप नाथले ६१ रन बनाए । कोशीका भूपाल लुइँटेलले ३, प्रकाश कार्कीले २ विकेट लिए ।

प्रतियोगितामा पुलिसको यो लगातार दोस्रो जीत हो भने कोशीको लगातार तेस्रो हार हो ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट