Techie IT
Samayabaddha
शुक्रबार, ३० फागुन, २०८१

वुमन्स डे कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल युगाण्डासँग पराजित


काठमाडौं । युगाण्डामा भइरहेको वुमन्स डे कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपाल फेरि पराजित भएको छ । हिजो भएको पाँचौँ खेलमा नेपाल चौथो पटक हारेको हो ।

नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७ ओभर एक बलमा ५१ रनमा अल आउट भयो ।

नेपालका लागि कविता जोशीले १२ तथा कप्तान इन्दु बर्माले ११ रन बाहेक अरु ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित ओभरमा ५ विकेट गुमाएर ९१ रन बनाएको थियो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन बनाए । नेपालका रिया शर्माले २ तथा रुविना क्षेत्री, पूजा महतो र इश्वरी बिष्टले समान १ विकेट लिए ।

यसअघिको खेलमा नेपालले युगाण्डालाई १ विकेटले पराजित गरेको थियो । प्रतियोगितामा आज नेपाल र हङकङ खेल्दैछन् ।


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


ताजा अपडेट