Techie IT
Samayabaddha
शुक्रबार, ३० फागुन, २०८१

ताक्लाकोट जाने क्रममा हिउँमा फसेका ६ जनाको सकुशल उद्धार


काठमाडौं । हुम्लाबाट छिमेकी देश चीनको ताक्लाकोट जाने क्रममा हिउँमा फसेका ६ जनाको सकुशल उद्धार भएको छ ।

सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार नाम्खा गाउँपालिका ६ यारीबाट ताक्लाकोट जान हिँडेका हुम्लाका ६ जना हिल्साको नारालेकको हिउँमा फसेका थिए ।

उनीहरू हिउँमा फसेको खबर प्राप्त भएपछि सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट ९बीओपी० हिल्सा र नेपाल प्रहरीको संयुक्त सुरक्षा फौजले उनीहरूको उद्धार गरेको हो ।

बीओपीबाट करिब १० किलोमिटर पूर्व दक्षिणतर्फ रहेको ठाउँबाट हिजो बेलुकी ८ बजे उनीहरूलाई उद्धार गरेर हिल्सातर्फ नै ल्याइएको थापाले जानकारी दिए ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट