गणतान्त्रिक नेताको सामन्ती शैली : रूपान्तरणको बाधक या अवशेष ?

काठमाडौं, १ चैत । राजसंस्था ढलेपछि नेपाल गणतान्त्रिक मुलुक बन्यो तर सामन्ती संस्कार, प्रवृत्ति र शैली भने अझै समाजमा गहिरोसँग जरा गाडेर बसेका छन् । राजा मात्र सामन्तवादको प्रतीक होइन, गणतन्त्रका नेताहरूमा पनि सामन्ती प्रवृत्तिको निरन्तरता देखिन्छ । खासगरी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मा देखिएको यो संस्कृति यसको ज्वलन्त उदाहरण हो ।
राजनीतिक रूपमा बदनाम भइसकेका दलाल, विचौलिया र भ्रष्ट अधिकारीहरूले गणतन्त्रका नेताहरूसँग गरेको चाकरीले आम कार्यकर्ताहरूलाई नै लज्जित तुल्याउने काम गरिरहेका छन् । जब-जब जनतासँगको संवादबाट केही आशा जाग्न थाल्छ, तब-तब यस्ता सामन्ती शैलीका क्रियाकलापले ती आशाहरू कुण्ठित बनाउने काम गर्छन् ।
नेतालाई नै थिच्नेगरि लगाइएको मालाले एउटा प्रश्न खडा गरेको छ, माथिका बेइमान हुन् कि तलका ? तर यो सहज छैन छुट्याउन । यद्यपी दोष तल दिन मिल्दैन !
प्रश्न उठ्छ— यस्ता प्रवृत्तिहरू किन दोहोरिरहन्छन् ? सुधारको आवाज उठाउँदा किन सत्ता निकट व्यक्तिहरू मौन बस्छन् ? किनभने यस्ता अभ्यासले केही व्यक्तिलाई लाभ पुग्छ । उनीहरूको व्यक्तिगत स्वार्थ पूरा हुन्छ । तर, आम कार्यकर्ता र समर्थकहरूले भने यस्तो प्रवृत्तिबाट रूपान्तरणको अपेक्षा गर्न सक्दैनन् ।
अब आवश्यक छ— सामन्ती चाकरी गर्नेहरू को हुन् ? उनीहरूको स्वार्थ के हो ? भन्ने विषयमा गहिरो अनुसन्धानात्मक पत्रकारिता । लोकतान्त्रिक मूल्य र कार्यकर्ताको सम्मान सुरक्षित गर्न, यस्ता विकृत प्रवृत्तिहरूको भण्डाफोर गर्दै चेतनशील नागरिकको खबरदारी अनिवार्य भइसकेको छ । गणतन्त्रलाई सार्थक बनाउन, नेताहरूले सामन्ती शैली परित्याग गराउन दवाव बढाउनु पर्छ ।
यसको पछिल्लो उदाहारण हो, नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री प्रचण्डलाई पहिर्याइएको ७० केजीको माला । नेतालाई नै थिच्नेगरि लगाइएको मालाले एउटा प्रश्न खडा गरेको छ, माथिका बेइमान हुन् कि तलका ? तर यो सहज छैन छुट्याउन । यद्यपी दोष तल दिन मिल्दैन !
क्याटेगोरी : जनमञ्च, राजनीति
प्रतिक्रिया