Techie IT
Samayabaddha
शुक्रबार, ३० फागुन, २०८१

समाचार लेखेकै भरमा पत्रकारहरू असुरक्षित हुने अवस्थाको अन्त्य हुनुपर्छ : अध्यक्ष शर्मा


काठमाडौं, १ चैत । नेपाल पत्रकार महासंघकी केन्द्रीयअध्यक्ष निर्मला शर्माले प्रेस स्वतन्त्र हुन नसके लोकतन्त्र मासिने बताएकी छन् ।

शुक्रबारदेखि सुर्खेतको वीरेन्द्रनगरमा महासंघ कर्णाली प्रदेश समितिले आयोजना गरेको कर्णाली प्रदेशका पत्रकार महिलाका लागि व्यावसायिक पत्रकारितामा लैङ्गिक संवदेनशिलता विषयक तालिमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष शर्माले यस्तो बताएकी हुन् ।

अझै पनि समाचार लेखेकै भरमा पत्रकारहरू असुरक्षित हुने अवस्थाको अन्त्य हुन नसकेको उल्लेख गर्दै अध्यक्ष शर्माले पत्रकारितालाई कमजोर बनाउन लागेको असंगठित समूहप्रति सचेत रहनु पर्ने बताइन् । तीन दिनसम्म चल्ने तालिमको प्रशिक्षकसमेत रहेकी अध्यक्ष शर्माले व्यावसायिक पत्रकारिता मजबुद र बलियो भए मात्रै महिलाहरूलाई पत्रकारितामा आकर्षित गराउन सकिने बताइन् ।

महासंघमा सदस्यता शुद्धीकरणमा देखिएको विवाद समाधान गर्न सामाजिक परीक्षण आवश्यक रहेको उनको भनाइ थियो । संघ, प्रदेश र स्थानीय सरकारले निर्माण गर्ने हरेक नीति सञ्चारमैत्री हुनुपर्ने उनको जोड थियो ।

तालिमबाट सिकेका ज्ञान र सीपलाई व्यवहारमा लागू गर्न सकेमात्रै महिला पत्रकारहरूको सशक्तीकरण हुने उनको भनाइ थियो ।


क्याटेगोरी : साहित्य

प्रतिक्रिया


ताजा अपडेट