Techie IT
Samayabaddha
शुक्रबार, ३० फागुन, २०८१

रघुगंगा जलविद्युतमा काम गर्ने क्रममा एक जनाको मृत्यु


म्याग्दी, १ चैत । रघुगंगा जलविद्युतमा काम गर्ने क्रममा रघुगंगा गाउँपालिका–४ बुकलमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्न लागेको रघुगंगा जलविद्युतमा काम गर्ने जेपी कम्पनिको जिपि२ए ७०८८३ नम्बरको गाडी दुर्घटना हुँदा बेनी नगरपालिका–२ खबराका ४२ वर्षीय हेमबहादुर घिमिरेको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक (डिएसपी) भरत श्रेष्ठका अनुसार गाडीमा रहेका चालकको दुर्घटनाबाट मृत्यु भएको हो ।

मृतकको शव पोस्टमार्टमका लागि बेनी अस्पतालमा राखिएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट