Techie IT
Samayabaddha
शुक्रबार, ३० फागुन, २०८१

स्वरोजगार लघुवित्तको एफपीओ बाँडफाँट


काठमाडौं, १ चैत । स्वरोजगार लघुवित्तको थप सार्वजनिक निष्काशन (एफपीओ) बाँडफाँट भएको छ। लघुवित्तको धितोपत्र बिक्री प्रबन्धक एनएमबी क्यापिटलले आज एफपीओ बाँडफाँट गरेको हो।

बाँडफाँटमा १९ हजार ५ सय ७७ जनाले सेयर पाएका छन्। जसमध्ये १९ हजार ५ सय ७४ जनाले १० कित्ताका दरले र ३ जनाले ११ कित्ताका दरले सेयर पाएका हुन्।

उक्त एफपीओमा १७ लाख ८० हजार ४ सय ५७ जनाले कुल २ करोड १७ लाख १५ हजार ७ सय ५० कित्ताको लागि आवेदन दिएका थिए। जसमा २ हजार ६ सय ६४ जना आवेदकको आवेदन रद्द भएको थियो। बाँकी रहेका १७ लाख ७७ हजार ७ सय ९३ जनाबाट १९ हजार ५ सय ७४ जनाले सेयर बाँडिएको हो।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट