बझाङमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा हेमन्त भण्डारी पक्राउ

बझाङ, १ चैत । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरको अभियोगमा जयपृथ्वी नगरपालिका(१० चैनपुर बजार डेरा गरी बस्ने तलकोट गाउँपालिका ५ घर भएका २२ वर्षीय हेमन्त भण्डारीलाई बिहीबा प्रहरीले पक्राउ गरेको छ ।
हेमन्तले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया