माओवादी केन्द्रको कार्यालयमा शिक्षकहरुको धर्ना

काठमाडौं, १ चैत । विभिन्न माग राख्दै संघर्षमा उत्रिएको नेपाल शिक्षक महासंघले प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) को कार्यालयमा धर्ना दिएको छ ।
आज दिउँसो माओवादी मुख्यालय पेरिसडाँडा पुगेर शिक्षकहरु धर्नामा बसेका हुन् । त्यसक्रममा शिक्षकहरुले चैत्र २० गतेसम्म पनि सरकारले विगतका सहमति सम्बोधन हुनेगरी विद्यालय शिक्षा ऐन जारी नगरे निर्णायक आन्दोलन गर्ने चेतावनी दिए ।
धर्नापछि रिले अनसनमा जाने र त्यसपछि अन्तिम र निर्णायक चरणको आन्दोलन गर्ने चेतावनी शिक्षकहरुको छ । सरकारलाई चाँडो भन्दा चाँडो विगतमा भएका सबै सहमति कार्यान्वयन गरेर विद्यालय शिक्षा ऐन ल्याउन उनीहरुले माग गरेका छन् ।
आफ्ना माग सम्बोधन गराउन सरोकारवाला सबैको ध्यानाकर्षण गराउने निर्णय अनुसार महासंघले प्रमुख राजनीतिक दलको कार्यालयमा क्रमैसंग धर्ना दिँदै आएको छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया