वुमन्स डे कप : हङकङले नेपाललाई दियो १०५ रनको लक्ष्य

काठमाडौं, १ चैत । वुमन्स डे कप २०२५ को लिग चरणको अन्तिम खेलमा हङकङले नेपाललाई १०५ रनको लक्ष्य दिएको छ। टस जितेर ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १०४ रन बनाएको हो।
हङकङका लागि ओपनर सान्जिन सहजादले सर्वाधिक ५४ रन बनाइन्। चान का इनले २९ बलमा १६, यास्मिन दास्वानीले १४ रन बनाइन्। नेपालका लागि राजमती ऐरीले सर्वाधिक ३ विकेट लिइन्। कप्तान इन्दु बर्माले २ विकेट लिइन्। पूजा महतो र ईश्वरी विष्टले १–१ विकेट लिइन्।
फाइनल होडबाट बाहिरिएको नेपालले अघिल्ला ५ खेलमा ४ हार र १ जित हात पार्दै तालिकाको पुछारमा रहेको छ।
क्याटेगोरी : खेलकुद, समाचार
प्रतिक्रिया