इन्डोनेशियाको जेलबाट एकैपटक ५३ कैदी भागे

एजेन्सी, १ चैत । इन्डोनेशियाको आचेमा गत सोमवार एउटा जेलबाट ५३ कैदीहरू भागेका छन् । त्यस क्रममा केही कैदीहरू जेलको छानामा कुदेको र केहीले बाहिर सडकमा व्यापार गर्न बसेका मानिसहरूलाई छल्दै दौडिएको भिडिओ सार्वजनिक भएको छ।
स्थानीय अधिकारीहरूका अनुसार जेलबाट भाग्ने केही कैदीहरूलाई फेरि नियन्त्रणमा लिइएको छ भने अरू फरार छन्। तिनको खोजी भइरहेको छ।
जेलभित्र बिहान खाना खान लाम लागेका बेला कैदीहरू भागेका हुन्। जेलमा क्षमताभन्दा बढी मानिस राखिएकाले यो घटना भएको अनुमान गरिएको छ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
प्रतिक्रिया