Techie IT
Samayabaddha
शुक्रबार, ३० फागुन, २०८१

प्रधानमन्त्री कप क्रिकेटमा बागमतीको पहिलो जीत


काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले हराएको छ ।

भैरहवाको एक्स्ट्राटेक ओभल मैदानमा बागमतीले दिएको २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रन बनाउँदा अलआउट भयो । सुदूरपश्चिमका टेक रावतले सबैभन्दा धेरै ४५ रन बनाए । बागमतीका रिजन ढकाल र सोनु देवकोटाले ४/४ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको बागमतीले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ६६ रन बनायो । बागमतीका शुभ कंसाकरले ७७, आशुतोष घिरैयाले ५८ रन बनाए । सुदूरपश्चिमका हेमन्त धामी, शेर मल्ल र सौर्य श्रेष्ठले २/२ विकेट लिए ।

प्रतियोगितामा बागमतीको यो तेस्रो खेलमा पहिलो जीत हो भने सुदूरपश्चिमको चार खेलमा तेस्रो हार हो ।

 


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


ताजा अपडेट