Techie IT
Samayabaddha
मंगलबार, ४ चैत्र, २०८१

कैलालीमा ग्यास सिलिन्डर पड्केर तीन जना घाइते


धनगढी, ३ चैत । कैलालीमा ग्यास सिलिन्डर पड्केर तीन जना घाइते भएका छन् । धनगढी उपमहानगरपालिका–६ मटियारीका मीना खड्का, उनकी छोरी २० वर्षीया चन्द्रा र ग्यास बिक्रेता ४० वर्षीय गोविन्द जोशी घाइते भएका हुन ।

उनीहरु तीनै जनाको धनगढीकै विसर्ग अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहराले जानकारी दिए ।

प्रहरीका अनुसार मिनाको घरमा ग्यास सिलिन्डर जोड्ने क्रममा सिलिन्डर एक्कासि पड्किएको थियो । घाइते तीनै जनाको अवस्था खतरामुक्त रहेको जनाइएको छ ।


क्याटेगोरी : समाचार, स्वास्थ्य

प्रतिक्रिया


ताजा अपडेट