१८ हजार कैदी बिरामी परेको सूचना छ, गृह मन्त्रालयमार्फत जवाफ चाहियो : देवेन्द्र पौडेल

काठमाडौं, ३ चैत । नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले कैदीबन्दी बिरामी भएको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले जेलमा रहेका २९ हजार ५ सय कैदीबन्दीमध्ये १८ हजार ५ सय जना बिरामी परेको सूचना आएको भन्दै गृह मन्त्रालयमार्फत जवाफ माग गरेका छन् ।
‘जेलभित्र रहेका नागरिक जे कारणले जेलमा गएको भए पनि राज्यले सुरक्षा र व्यवस्थित गर्ने जिम्मेवारी लिएको हुन्छ । २९ हजार पाँच सय कैदीबन्दीमध्ये १८ हजार पाँच सय जना बिरामी भएको सूचना प्राप्त भएको छ,’ उनले भने, ’के भएको हो ? किन भएको हो ? सम्बन्धित निकायले प्रस्ट पार्न अनुरोध गर्न चाहन्छु ।’
क्याटेगोरी : समाचार, स्वास्थ्य
प्रतिक्रिया