Techie IT
Samayabaddha
सोमबार, ३ चैत्र, २०८१

९ महिनादेखि अन्तरिक्षमा फसेका दुई जनालाई लिन रकेट ‘आईएसएस’ पुग्यो


अन्तरिक्षमा फसेका अन्तरिक्षयात्री सुनिता विलियम्स र ब्यारी विल्मोरलाई पृथ्वीमा फिर्ता ल्याउन स्पेसएक्सले पठाएको रकेट अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) पुगेको छ ।

नौ महिनाभन्दा धेरै समयदेखि आईएसएसमा फसेका दुई जना अन्तरिक्षयात्रीलाई पृथ्वीमा ल्याउन १० यात्रीसहित उडेको अमेरिकी अर्बपति एल्न मस्कको अन्तरिक्ष एजेन्सी स्पेसएक्सको रकेट आईएसएसमा पुगेको बीबीसीले जनाएको छ ।

यो टोलीले अन्तरिक्षयात्री सुनिता विलियम्स र ब्यारी विल्मोरको ठाउँ लिनेछ । दुवै यानको भेटपछि उनीहरूले अन्तरिक्षमा फसेका सुनिता र बुच विल्मोरसँग भेट गरी आपसमा खुशी साटेका छन् ।

सुनिता र बुच आठ दिनका लागि भनेर अघिल्लो वर्षको जुन ५ मा स्पेस स्टेशन गएका थिए । उनीहरू बोइङ र नासाको संयुक्त ‘क्रू फ्‌लाइट टेस्ट मिसन’ मा गएका थिए । तर स्पेस क्राफ्‌टमा प्राविधिक त्रुटि आएपछि उनीहरू पछिल्लो नौ महिनादेखि अन्तरिक्षमै रोकिएका हुन् ।

यसअघि उनीहरूको फिर्तीका लागि प्रक्षेपण गर्न खोजिएको फाल्कन–९ अन्तिम समयमा स्थगित गरिएको थियो ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, विज्ञान

प्रतिक्रिया


ताजा अपडेट